Section 89A
भन्सार सहयोग सम्बन्धी सम्झौता गर्न सक्ने
(१) नेपाल सरकारले व्यापार सहजीकरण, भन्सार सम्बन्धी पारस्परिक सहयोग एवं सूचना आदान-प्रदान गर्नका लागि विदेशी मुलुकसँग सम्झौता गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको कार्यको लागि महानिर्देशकले सक्षम अधिकारीको रूपमा कार्य गर्नेछ ।

(३) सन्धि सम्बन्धी प्रचलित नेपाल कानूनको अधीनमा रही महानिर्देशकले यस दफा बमोजिमको सम्झौताका सम्बन्धमा अर्को मुलुकको सक्षम अधिकारीसँग वार्ता गर्न वा सम्झौताको अन्तिम मस्यौदा वा प्रामाणिक प्रति स्वीकार गर्न सक्नेछ ।